Monday 25 May 2026 / सोमबार, ११ जेष्ठ २०८३

काठमाडौं, मोडल तथा सामाजिक सञ्जालकी चर्चित पात्र इभा गिरीले आगामी नेपाली फिल्म *‘पाँच पाण्डव’*मा अभिनय गर्ने भएकी छन्। फिल्मका निर्देशक वसन्त निरौलाका अनुसार इभा आइतबारदेखि छायाङ्कन सेटमा सहभागी भएकी हुन्। तर, फिल्ममा उनको भूमिका कस्तो हुने भन्ने विषयमा निर्माण पक्षले हालसम्म कुनै जानकारी सार्वजनिक गरेको छैन।

मल्टिस्टारर यो फिल्मको छायाङ्कन चैत २ गतेदेखि झापाबाट सुरु भएको हो। छायाङ्कनको १४औँ दिनबाट इभा गिरी पनि फिल्मको टिमसँग जोडिएकी हुन्। निर्देशक निरौलाका अनुसार यसै दिनदेखि गायक तथा अभिनेता प्रशान्त तामाङ पनि फिल्मको छायाङ्कनमा सहभागी भएका छन्।

फिल्ममा ‘पाँच पाण्डव’को भूमिकामा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सागर लम्साल (बले) देखिनेछन्। यी पाँच पात्रलाई केन्द्रमा राखेर बुनिएको कथामा महिला मुख्य पात्रका रूपमा दीपाश्री निरौला र जनी गुरुङको अभिनय रहनेछ। काली रानी फिल्म्सको ब्यानरमा बन्न लागेको यस फिल्मका निर्माता नवीन श्रेष्ठ हुन्। फिल्मको कथा, पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय