Monday 31 August 2026 / सोमबार, १५ भाद्र २०८३

पश्चिम एसियामा बढ्दो तनावबीच कुबेतमा भएको एक आक्रमणमा एक भारतीय कामदारको मृत्यु भएको पुष्टि गरिएको छ। कुवेतको विद्युत् तथा जल मन्त्रालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा उक्त जानकारी दिएको हो। विज्ञप्तिअनुसार, इरान आक्रमणका कारण कुवेतमा रहेको एक विद्युत् तथा समुद्री पानी प्रशोधन (डिसालिनेशन) प्लान्टमा क्षति पुगेको थियो। सो घटनामा एक भारतीय नागरिकको ज्यान गएको बताइएको छ।

आक्रमणले उक्त संरचनामा उल्लेखनीय क्षति पुर्‍याएको मन्त्रालयले जनाएको छ। यद्यपि, अत्यावश्यक सेवा अवरुद्ध नहोस् भनेर प्राविधिक टोलीहरू तत्काल परिचालन गरिएको पनि बताइएको छ।

ऊर्जा तथा जल आपूर्ति जस्ता महत्त्वपूर्ण पूर्वाधारमा आक्रमण हुन थालेपछि पश्चिम एसियाको सुरक्षा अवस्था झन् संवेदनशील बनेको छ। यस्तो अवस्थामा कुवेतलगायत खाडी मुलुकहरूले आफ्नो सुरक्षा सतर्कता थप कडा बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय