काठमाडौं, नेपाली बजारमा मंगलबार (चैत १७) सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ। नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६ हजार ७ सय रुपैयाँले वृद्धि भएको हो। यससँगै आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार २०० रुपैयाँ कायम भएको छ।
यसअघि अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४५ रुपैयाँले वृद्धि भएर ४ हजार ८४५ रुपैयाँ पुगेको छ। अघिल्लो दिन चाँदी ४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।


