Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौं — गृहमन्त्री सुधन गुरुङले विपदमा परेका नागरिकको तत्काल उद्धारका लागि दुई वटा हेलिकप्टर तयारी अवस्थामा राखिने बताएका छन्।

चैत १७ गते सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमणको क्रममा उनले यस्तो जानकारी दिएका हुन्।
विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो ज्यानको जोखिम नगरी नागरिक उद्धारमा खटिएकोमा गृहमन्त्री गुरुङले धन्यवाद दिएका छन्। उनले आम नागरिकको जीवन र सुरक्षा सबैभन्दा ठूलो धन भएको उल्लेख गर्दै आपत्कालीन अवस्थामा नागरिकको सेवा गर्न सरकार, गृहमन्त्रालय र सुरक्षाकर्मीहरूलाई तत्कालै तयारी अवस्थामा रहन निर्देशन दिएका छन्।

गृहमन्त्री गुरुङले केही वर्षअघि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट तालिम लिएको स्मरण गराए। उनले कोभिड–१९ महामारी र सीमा नाकामा राष्ट्रिय झण्डा राख्ने जस्ता कार्यमा सशस्त्र प्रहरीसँग नजिकबाट काम गरेको अनुभवले सुरक्षाकर्मीको कर्तव्य, अधिकार र चुनौती बुझ्ने अवसर दिएको बताए।
सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई विपद् शुरु हुनु अघि नै तयारी अवस्थामा रहन, जनशक्ति फिल्डमा सक्रिय राख्न र विपद् व्यवस्थापनमा भरपुर मेहनत गर्न गृहमन्त्री गुरुङले निर्देशन दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय