काठमाडौँ, NASA ले अमेरिकाको Kennedy Space Center बाट Artemis II मिसन सफलतापूर्वक प्रक्षेपण गरेको छ। करिब ५४ वर्षपछि मानवसहितको अन्तरिक्ष यान पुनः चन्द्रमातर्फ प्रस्थान गरेको हो।
शक्तिशाली एसएलएस रकेटमार्फत Orion spacecraft मा चार जना अन्तरिक्ष यात्री १० दिने चन्द्रयात्रामा निस्किएका छन्। टोलीको नेतृत्व Reid Wiseman ले गरेका छन् भने Jeremy Hansen चन्द्रमातर्फ उड्ने पहिलो क्यानेडियन अन्तरिक्ष यात्री बनेका छन्।
ओरियन यानले चन्द्रमाको परिक्रमा गरेर करिब १० दिनपछि पृथ्वी फर्कने योजना छ। यो मिसन सफल भएमा आगामी वर्षहरूमा मानवलाई पुनः चन्द्रमाको सतहमा अवतरण गराउने तयारीलाई थप बल पुग्ने अपेक्षा गरिएको छ।

