काठमाडौँ, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहको नववर्ष २०८३ को शुभकामना : “सबैको जीवनमा सुख, आरोग्य र समृद्धि छाओस्” बालेन शाह ले नयाँ वर्ष २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ। उहाँले नयाँ वर्षले सबैको जीवनमा सुख, आरोग्य, शान्ति र कल्याण ल्याओस् भन्ने कामना व्यक्त गर्नुभएको छ।
शुभकामना सन्देशमा उहाँले भन्नुभएको छ, “हामी सबैको जीवनमा सुख, आरोग्य र कल्याण छाओस्। सधैं शुभ होस्, जीवन निर्विघ्न रहोस् र सबै प्रकारका दुःखको हरण होस्।”
उहाँले नयाँ वर्ष २०८३ को शुभारम्भले देश र जनताको जीवनमा सकारात्मक ऊर्जा, आशा र समृद्धि ल्याओस् भन्ने कामना गर्दै सबै नेपालीको सुख, शान्ति र प्रगतिको कामना गर्नुभएको छ।

