काठमाडौं, बंगलादेशबाट मलेशियातर्फ जाँदै गरेको एक डुंगा अण्डमान सागरमा दुर्घटना हुँदा करिब २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्।
संयुक्त राष्ट्रसंघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार तीव्र हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिस सवार रहेका कारण डुंगा डुबेको हो।
बंगलादेश कोस्ट गार्डले ९ अप्रिलमा दुर्घटनास्थलबाट नौ जनाको उद्दार गरेको जनाएको छ। म्यानमारमा रोहिङ्ग्या मुस्लिमलाई नागरिकता नदिइने भएकाले उनीहरू राम्रो रोजगारी र सुरक्षित जीवनको खोजीमा जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेशिया जाने गरेका छन्।

