Sunday 10 May 2026 / आईतवार, २७ बैशाख २०८३

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले सहकारी संस्थाको नियमन र अनुगमनलाई थप कडा बनाएको जनाएको छ। महानगरले नियमविपरीत गतिविधि गर्ने सहकारी संस्था तथा सञ्चालकलाई कारबाही गर्ने चेतावनी दिएको हो।

महानगरका अनुसार सहकारीको नाममा अनियमितता, बचतकर्ताको रकम दुरुपयोग, बिना अनुमति वित्तीय कारोबार तथा नियमअनुसार अभिलेख नराख्ने जस्ता गतिविधि पाइएमा कानुनी कारबाही गरिनेछ। यस्ता कार्यमा संलग्न व्यक्ति वा संस्थालाई सम्बन्धित कानुनअनुसार जरिवाना, निलम्बन वा अन्य कारबाहीको सामना गर्नुपर्ने महानगरले जनाएको छ।

साथै, सहकारी संस्थालाई पारदर्शी ढंगले सञ्चालन गर्न, नियमित लेखा परीक्षण गर्न तथा सदस्यहरूको बचत सुरक्षित राख्न महानगरले निर्देशन दिएको छ। महानगरले सहकारीमार्फत वित्तीय अनुशासन कायम गर्दै बचतकर्ताको हित संरक्षण गर्ने उद्देश्यले यस्तो कडाइ गरिएको स्पष्ट पारेको छ।

महानगरले सबै सहकारी संस्थालाई प्रचलित कानुन र मापदण्ड पालना गर्दै जिम्मेवार ढंगले सेवा सञ्चालन गर्न आग्रह पनि गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय