Sunday 10 May 2026 / आईतवार, २७ बैशाख २०८३

ललितपुर, सिजन मिडियाद्वारा आयोजना गरिएको ‘जुनियर स्कूल प्रिन्सेस’ कार्यक्रममा सहभागी प्रतियोगीहरूले ललितपुरको खोकनास्थित अपाङ्ग बाल आश्रमको अवलोकन भ्रमण गरेका छन्।


आयोजक संस्थाकी कार्यक्रम व्यवस्थापक रेजिना तुलाधरले सामाजिक सेवा भाव अभिवृद्धि तथा शिक्षामूलक अनुभव प्रदान गर्ने उद्देश्यले प्रतियोगीहरूलाई आश्रम भ्रमण गराइएको बताउनुभयो। सो अवसरमा आश्रमका संस्थापक अध्यक्ष दयाराम महर्जनले संस्थाको स्थापना, उद्देश्य तथा हालसम्मका गतिविधिबारे जानकारी गराउँदै आश्रमको अवलोकन गराउनुभयो।

करिब ३६ वर्षअघि स्थापना भएको उक्त संस्थामा हाल विभिन्न प्रकारका अपाङ्गता भएका ५६ जना बालबालिका आश्रित रहेका छन्। भ्रमणका क्रममा आश्रममा बसोबास गर्ने बालबालिकाहरूले गीत प्रस्तुत गर्दै प्रतियोगी तथा उनीहरूका परिवारलाई मनोरञ्जन प्रदान गरेका थिए।


भ्रमणका अवसरमा प्रतियोगीहरूले खाद्यान्न, नगद, कपडा लगायतका विभिन्न सामग्री सहयोगस्वरूप प्रदान गरेका थिए। आयोजकले यस्ता कार्यक्रममार्फत बालबालिकामा सामाजिक उत्तरदायित्व र सहानुभूति विकास हुने विश्वास व्यक्त गरेको छ।



प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय