Wednesday 10 June 2026 / बुधबार, २७ जेष्ठ २०८३

काठमाडौँ, गत वैशाख ४ गते सार्वजनिक नेपाली फिल्म लालीबजार को ट्रेलरलाई दर्शकले निकै रुचाएका छन्। षट्कोण आर्ट्सले निर्माण गरेको ट्रेलर छोटो समयमै युट्युब ट्रेन्डिङमा प्रवेश गर्न सफल भएको हो। साढे तीन लाखभन्दा बढी भ्युज पाइसकेको ट्रेलर अहिले ट्रेलर–मुभी चार्टतर्फ तेस्रो स्थानमा छ।

ट्रेलरमा बादी समुदायमा रहेको ‘नाथिया’ जस्तो कुप्रथाको विषय देखाइएको छ। आमाछोरीको कथामा आधारित फिल्ममा अभिनेत्री स्वस्तिमा खड्का आमाको भूमिकामा देखिएकी छन्, जसको अभिनयको प्रशंसा भइरहेको छ। साथै रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, प्रसंस्सा सुवेदी र विशाल देवकोटा को अभिनयलाई पनि दर्शकले मन पराएका छन्।

निर्देशक यम थापा को निर्देशनमा बनेको फिल्म आगामी वैशाख १८ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ। फिल्मको छायांकन बर्दियाको राजापुरमा गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय