Monday 20 April 2026 / सोमबार, ७ बैशाख २०८३

प्रतिभा, आत्मविश्वास र पारिवारिक सम्बन्धलाई उत्सवका रूपमा प्रस्तुत गर्ने भव्य कार्यक्रम Junior Super Model Nepal काठमाडौँको राष्ट्रिय नाचघर मा सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रमको आयोजना White Feathers Entertainment द्वारा अध्यक्ष त्रिदेवी श्रेष्ठको नेतृत्वमा गरिएको थियो भने व्यवस्थापन Youhaan International Events का प्रमुख शानु खानको संयोजनमा सम्पन्न भएको हो।

प्रतियोगिताको ग्रान्ड फिनालेमा मिस र मास्टर समूहमा क्रमशः आदिमा गौतम र सीजन सिंह विजेता घोषित भए। पहिलो रनर्स-अपमा ग्रेसी श्रेष्ठ र अनुष प्रसाई, दोस्रो रनर्स-अपमा शार्लिन लुइटेल र आभान बरहाकोटी, तेस्रो रनर्स-अपमा समिरन डंगोल र पृथक के.सी., तथा चौथो रनर्स-अपमा पारिधि आचार्य र प्रणयश राई रहेका थिए।

विजेताहरूलाई रु. ५०,००० नगद पुरस्कार प्रदान गरिएको थियो भने पहिलो रनर्स-अपलाई रु. २०,००० र दोस्रो रनर्स-अपलाई रु. १०,००० नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रममा दर्शक सहभागितालाई विशेष महत्व दिइएको थियो। पब्लिक च्वाइस अवार्ड आदिमा गौतमले प्राप्त गरिन् भने त्यसपछि पारिधि आचार्य, समिरन डंगोल, सीजन सिंह र नामसवी खत्री क्रमशः स्थानमा रहे। सीजन सिंहले भ्यूअर्स च्वाइस अवार्ड पनि जित्दै आफ्नो उत्कृष्टता थप प्रमाणित गरे। पृथक के.सी., शार्लिन लुइटेल र प्रणयश राई क्रमशः स्थानमा रहे। म्यानेजमेन्ट च्वाइस अवार्ड मिसतर्फ ग्रेसी श्रेष्ठ र मास्टरतर्फ सीजन सिंहलाई प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन तथा कोरियोग्राफी मिडिया व्यक्तित्व तथा फेसन कोरियोग्राफर Rojin Shakya ले गरेका थिए। उनले प्रतियोगीहरूलाई सांस्कृतिक पहिरन, विद्यालय पोशाक, क्याजुअल ड्रेसमा स्पिच प्रस्तुति, पार्टी वेयर शोकेस र अन्तिम प्रश्न–उत्तर चरणमार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेका थिए। कार्यक्रमको विशेष आकर्षण “Papa’s Princess and Mama’s Prince” भन्ने भावनात्मक थीम थियो, जसले बालबालिका र अभिभावकबीचको सम्बन्धलाई स्टेजमार्फत प्रस्तुत गर्‍यो। प्रतियोगीहरूले आफ्ना अभिभावकसँग मिलेर प्रस्तुति दिएका थिए, जसले पारिवारिक प्रेम, एकता र आपसी सम्मानको सन्देश दिएको थियो।

विशेष अतिथिका रूपमा पूर्व मिस नेपाल, अभिनेत्री तथा Zeenopay Nepal की ब्रान्ड एम्बासडर नम्रता श्रेष्ठ उपस्थित भई पब्लिक च्वाइस विजेताहरूलाई सम्मान गरेकी थिइन्। निर्णायक मण्डलमा मिस इको इन्टरनेसनल नेपाल २०२६ की सेजल राजभण्डारी, मिस हेरिटेज इन्टरनेसनल नेपाल २०२५ की दिव्या पात्र, मिस्टर नेपाल सुप्रानेसनल २०२५ का साइरस बिश्वकर्मा, नृत्य कोरियोग्राफर तथा अभिनेता प्रख्यात घिमिरे र शिक्षाविद् तथा वात्सल्य स्कूलका एमडी अमित बिक्रम सिजापति रहेका थिए।

समग्रमा कार्यक्रम प्रतिभा, अनुशासन, मनोरञ्जन र भावनात्मक कथनको उत्कृष्ट संयोजनका रूपमा सम्पन्न भएको थियो, जसले युवा प्रतिभाको विकाससँगै पारिवारिक सम्बन्धको महत्वलाई उजागर गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय