Tuesday 31 January 2023 / मंगलवार, १७ माघ २०७९

मेस्सीले आफ्नो कीर्तिमान बराबरी गरेपछि पेलेले सामाजिक सञ्जालको माध्यमबाट बधाइ दिए । सान्तोषमा आफूले देखाएको इमान्दारिता र लगाव मेस्सीले बार्सिलोनामा देखाएकोमा उनले खुसी पनि व्यक्त गरेका छन् । तिमीलाई जस्तै मलाई पनि थाहा छ हरेक दिन एउटै जर्सी लगाउनुको माया । तिमीलाई जस्तै मलाई पनि थाहा छ आफूलाई घरजस्तो लाग्ने ठाउँभन्दा राम्रो अरु कुनै ठाउँ छैन पेलेले कीर्तिमान बराबरी गरेकोमा बधाइ दिँदै लेखेका छन् । एउटै क्लबलाई माया गर्ने हाम्रो जस्तो कथा दुःखद् रुपमा फुटबलमा बिरलो बन्दै जाने छ उनले लेखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय