“ट्रेडिसनल डिजाइनर रनवे” भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितात्मक प्रस्तुतिअन्तर्गत ‘मोडेल अफ द इयर – महिला’ को उपाधि अश्मिता खत्री ले जितिन् भने ‘मोडेल अफ द इयर – पुरुष’ को उपाधि महेन्द्र मल्ल ले हासिल गरे। उनीहरूले आत्मविश्वासपूर्ण र्याम्प वाक, व्यक्तित्व र समग्र प्रस्तुतीकरणका आधारमा निर्णायक मण्डललाई प्रभावित पार्दै शीर्ष उपाधि हात पारेका हुन्। यसैगरी ‘अर्गनाइजर च्वाइस अवार्ड’ सुधा कार्की ले प्राप्त गरिन् भने ‘पब्लिक च्वाइस अवार्ड’ अभि श्रेष्ठ ले जिते। ‘मोस्ट फोटोेजेनिक’ को उपाधि पुनः अश्मिता खत्री ले जितिन्। त्यस्तै ‘बेस्ट पर्फर्मेन्स’ अवार्ड संगिता रानाभाट लाई प्रदान गरिएको थियो। कार्यक्रममा ‘मोस्ट डिसिप्लिन्ड’ को उपाधि सुधा कार्की ले जितिन् भने ‘मोस्ट स्टाइलिस’ को अवार्ड रेचल थापा मगर लाई प्रदान गरियो। प्रतिभा प्रस्तुतिमा उत्कृष्ट देखिएकी प्रजु सुनुवार ले ‘मोस्ट ट्यालेन्टेड’ को उपाधि हासिल गरिन्।

नेपाली परम्परागत पहिरन, सिर्जनात्मक डिजाइन र मोडलिङ प्रतिभालाई एउटै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम आर्यन रञ्जित को नेतृत्वमा रहेको ड्रिमस्केप प्रोडक्सन्स द्वारा आयोजना गरिएको हो। कार्यक्रमको कोरियोग्राफी तथा व्यवस्थापन इभा क्षेत्री ले सम्हालेकी थिइन्। कार्यक्रमको निर्णायक मण्डलमा पूर्व मिस नेपाल तथा प्रतिष्ठित फेशन डिजाइनर उषा खड्गी, सञ्चारकर्मी अरुणा भट्टराई, मेकअप आर्टिस्ट मोमेन्ट शाह कार्की तथा डा. सुमी मल्ल (मिसेस भोग नेपाल २०२५) रहेका थिए। निर्णायकहरूले प्रतियोगीहरूको व्यक्तित्व, र्याम्प प्रस्तुति, आत्मविश्वास, प्रतिभा तथा समग्र प्रभावका आधारमा विजेताहरू चयन गरेका थिए। कार्यक्रममा विभिन्न प्रतिभाशाली डिजाइनरहरूले आफ्ना मौलिक सिर्जनाहरू प्रस्तुत गरेका थिए। डिजाइनर समीक्षा लामिछाने, प्रजु सुनुवार र सगिना मुनिकारले परम्परागत नेपाली पोशाकलाई आधुनिक सौन्दर्यबोधसँग संयोजन गर्दै आकर्षक कलेक्सन प्रस्तुत गरेका थिए। उनीहरूको डिजाइनले नेपाली संस्कृति, रङ र शैलीको सुन्दर अभिव्यक्ति र्याम्पमार्फत प्रस्तुत गरेको थियो।


