Wednesday 29 April 2026 / बुधबार, १६ बैशाख २०८३

काठमाडौं, ११ वैशाख रासस स् समाज रूपान्तरणमा उल्लेखनीय योगदान पुर्‍याएका विभिन्न क्षेत्रका व्यक्तित्व तथा संस्थाहरूलाई ‘नेसनल सोसल वेलफेयर अवार्ड २०२५’ प्रदान गरिएको छ। सिजन मिडिया प्रा.लि.को आयोजनामा राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा सामाजिक अभियन्ता तथा विभिन्न पेशागत क्षेत्रका प्रतिनिधिहरूलाई सम्मान गरिएको हो।

कार्यक्रममा सामाजिक अभियन्ता अनिकेत कपाली, हिक्मत थापा, सानो घरका संस्थापक विमला श्रेष्ठ, व्यवसायी तथा समाजसेवी एजाज आलम, सामाजिक अभियन्ता माया थामी, प्राध्यापक डा.पवनकुमार मण्डल, सम्पदा संरक्षण अभियन्ता गणपति लाल श्रेष्ठ, लैङ्गिक तथा यौनिक अल्पसंख्यक अधिकारकर्मी पिंकी गुरुङ, कम्युनिटी डेभलपमेन्ट सेन्टर नेपालका अध्यक्ष राधा मताङ्गी तथा कलाकार तथा सामाजिक अभियन्ता रेशम नेप्किङ सम्मानित भएका थिए



यसैगरी, नेपाल रेडक्रस सोसाइटी काठमाडौं जिल्ला शाखाका राजाराम श्रेष्ठ, विवेक स्वच्छ सेवा केन्द्रकी संस्थापक रेबिका साहाने, प्रयत्न नेपालकी संस्थापक सरिता लामिछाने, स्वास्थ्य स्वयंसेविका सरिता कुमारी शाह, माया घर नेपाल (इटहरी) तथा ऐना फाउण्डेशनका संस्थापक तिलक बहादुर बटाला र सांस्कृतिक नेतृत्वकर्ता टासी दोङ्बा ह्योल्मा पनि सम्मानित भएका छन्।


कार्यक्रममा वरिष्ठ पत्रकार तथा ‘समावेशी’ मासिकका प्रधान सम्पादक खिल बहादुर भण्डारी, गैरआवासीय नेपाली संघ ९एनआरएनए० अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटा, ग्लोबल आइएमई बैंकका जनसम्पर्क अधिकृत योगेश पोखरेल, व्यवसायी तथा समाजसेवी अमित शर्मा, वरिष्ठ फोटो पत्रकार हरि गोपाल श्रेष्ठ तथा न्यूज पोलार डटकमका प्रधान सम्पादक सुशील अर्याल सल्लाहकारका रूपमा रहनु भएका थिए।




निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त राम प्रसाद भण्डारी प्रमुख अतिथि तथा नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष एवं महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठ विशेष अतिथिका रूपमा उपस्थित भई सम्मानित व्यक्तित्वहरूलाई अवार्ड तथा सम्मानपत्र प्रदान गरेका थिए।

आयोजक सिजन मिडिया प्रा.लि.का अध्यक्ष प्रदीप राज वन्तले कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउन व्यक्तिगत तथा संस्थागत प्रयासहरूको कदर गर्नुका साथै नयाँ पुस्तालाई सामाजिक उत्तरदायित्वतर्फ प्रेरित गर्ने उद्देश्य राखिएको बताए। उनले यस्ता पहलले मानवता, समावेशिता र सहकार्यको मूल्यलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे।

सिजन मिडिया प्रा।लि।ले विगतदेखि सामाजिक, कर्पोरेट, सञ्चार तथा मनोरञ्जन क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय