काठमाडौं, सिजन मिडियाद्वारा आयोजित “जुनियर स्कूल प्रिन्सेस २०२६ – सिजन ११” भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा जुनियर र सिनियर गरी दुई समूहमा प्रतिस्पर्धा गरिएको थियो।
जुनियर समूहतर्फ अक्षरा स्कूलमा अध्ययनरत छात्रा दिप्ता श्रेष्ठ विजेता घोषित भइन्। यसै समूहमा स्वस्तीश्री गुरुकुलकी साम्रागी श्रेष्ठ फस्ट रनरअप र लिटिल एन्जल्स स्कूलकी आयुना चन्द सेकेन्ड रनरअप बन्न सफल भइन्।


त्यसैगरी सिनियर समूहतर्फ स्वस्तीश्री गुरुकुलकी छात्रा साराना केसी विजेता भइन्। सोही विद्यालयकी इता चेन राजभण्डारी फस्ट रनरअप तथा भ्याली भ्यू बोर्डिङ स्कूलकी खुसी राई सेकेन्ड रनरअप घोषित भइन्।


प्रतियोगितामा विभिन्न विधागत शीर्षकहरू पनि प्रदान गरिएको थियो। अर्गनाइजर च्वाइसतर्फ जुनियरबाट श्रृष्टि लामा र सिनियरबाट एसल खनाल चयन भए। मिस पर्सनालिटीमा इता चेन राजभण्डारी र दिप्ता श्रेष्ठ, मोस्ट ट्यालेन्टमा निभानी अधिकारी र आरुना चन्द, मिस फ्रेन्डलीमा प्राप्ती सुनार र केकसा श्रेष्ठ, तथा मिस कन्फिडेन्टमा श्रीमई कोइराला र नितिशा अग्रवाल विजेता बने।


त्यस्तै मिस फोटोजेनिकमा सहिसा पाण्डे र अग्रता ढकाल, मिस भ्यूअर्स च्वाइसमा खुसी राई र मेगन मोक्तान, तथा मिस पपुलरमा साराना केसी र साम्रागी श्रेष्ठ सम्मानित भए। सिनियर समूहमा मात्र प्रदान गरिएका शीर्षकहरू अन्तर्गत मिस क्रिएटिभ रिन्चेन सेर्पा र बेस्ट वाक श्रीताजा पुरीले हात पारिन्।

कार्यक्रमका प्रमुख अतिथि निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त माननीय राम प्रसाद भण्डारी तथा विशेष अतिथि नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठको गरिमामय उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

प्रतियोगिताको निर्णायक मण्डलमा एसईई प्रिन्सेस प्राश्ना श्रेष्ठ, जुम्बा प्रशिक्षक सोनाम केसी, मिसेस ब्युटी क्वीन नेपाल विजेता वर्षा कुँवर, गेट कलेजका प्रिन्सिपल किरणकुमार श्रेष्ठ, भक्ति इन्टरनेशनल स्कूलका नवराज भट्ट, कोरोना स्कूलकी भाइस प्रिन्सिपल रोशनी साही ठकुरी तथा मुख्य निर्णायकका रूपमा अमेरिका निवासी व्यवसायी तथा कलाकार अन्सुया श्रेष्ठ वन्त रहनुभएको थियो।

विजेताहरूलाई साइकल उपहार प्रदान गरिएको थियो भने प्रायोजक चोको फनको तर्फबाट सबै प्रतियोगीहरूलाई आकर्षक उपहार वितरण गरिएको आयोजकले जनाएको छ।

सिजन मिडियाद्वारा आयोजना गरिएको यस प्रतियोगिताले बाल प्रतिभाको विकास, आत्मविश्वास अभिवृद्धि तथा व्यक्तित्व विकासमा महत्वपूर्ण योगदान पुर्याउने उद्देश्यसहित विगत ११ वर्षदेखि नियमित रूपमा आयोजना हुँदै आएको आयोजकले जनाएको छ।




