Wednesday 29 April 2026 / बुधबार, १६ बैशाख २०८३

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई विद्यालय संचालन गर्न ८ लाख २१ हजार २ सय पचास रुपैयाँ सहयोग प्रदान गरेको छ । विद्यालयममा पठन पाठन कार्यलाई सहज बनाउन र विद्यार्थीको अध्ययन वातावरण बनाउनका लागि अत्यावश्यक फर्निचरका सामग्रीहरु खरिद गर्नका लागि बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीलाई प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड सो रकम सहयोग गरेको हो ।
शुक्रबार बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीको कार्यालयमा सम्पन्न कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको तर्फबाट संचालक समितिका अध्यक्ष श्री सम्झना अर्यालज्यूले बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीका प्रधानाध्यापक श्री मोहन प्रसाद भट्टज्यूलाई ८ लाख २१ हजार २ सय पचास रुपैयाँको चेक हस्तान्तरण गर्नु भयो ।

चेक हस्तान्तरण पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समितिका अध्यक्ष श्री सम्झना अर्यालज्यूले विशुद्ध सामाजिक कार्य गर्ने संस्थाहरुलाई कम्पनीले सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्नु भयो । कम्पनीले अति आवश्यक क्षेत्रको पहिचान गरि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग र सामाजिक कार्य गर्दै आइरहेको र आगामी दिनमा पनि निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

त्यसैगरी बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीका प्रधानाध्यापक श्री मोहन प्रसाद भट्टज्यूूले यस सामुदायीक विद्यालयका विद्यार्थीहरुको पठन पाठनलाई सहज र स्तरीय बनाउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको उल्लेखनिय रहेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संचालक समिति सदस्यहरु श्री भावना बलायरज्यू, श्री विरेन्द्रजंग पाण्डेज्यू, प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष प्रसाई ज्यू, नायब प्रमुख कार्यकारी अधिकृत श्री किशोर प्रसाद लामिछानेज्यू, ब्राण्डिङ विभाग प्रमुख श्री विनोद घिमिरेज्यू एवं बुढानिलकण्ठ मोडल कम्युनिटि एकेडेमीका तर्फबाट सहायक प्रधानाध्यापक श्री अनिता लामाज्यू, शिक्षकहरु र विद्यालय व्यवस्थापन समितिका सदस्यहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय