Tuesday 13 October 2026 / मंगलवार, २७ आश्विन २०८३

सौन्दर्यकर्मीहरुमा लक्षित सौन्दर्य प्रतियोगिता ब्युटिसियन नेपाल २०२६ को उपाधि काठमाडौं सामाखुशीकी सानु थापाले जित्न सफल भएकी छिन् । ललितपुरको च्यासल स्थित ज्यापु एकेडेमीमा संचालन भएको सो प्रतियोगिता विजेता बने संगै सानुले नेफा अवार्ड २०२६ लण्डनको लागि इन्ट्री प्याकेज समेत प्राप्त गरेकी छन् । हिमालयन मुभिज प्रोडक्सन हाउसद्वारा आयोजित सो कार्यक्रमको फस्ट रनरअप अन्जली गोले र सेकेण्ड रनरअप सरिता श्रेष्ठ बन्न सफल भए। प्रतियोगितामा रञ्जना राणाले वेष्ट ब्राइडल अवार्ड प्राप्त गरिन् भने वेस्ट मोडल मेकअपमा विभु श्रेष्ठ, वेस्ट नेल आर्टमा सम्झना ढकाल, वेस्ट जुरोमा शोभा श्रेष्ठले उपाधि प्राप्त गरेका थिए ।

अन्य विधा तर्फ मोस्ट इन्टेलिजेन्टमा सानु थापा, मोस्ट कन्फिडेन्टमा अन्जली गोले, मोस्ट चार्मिङमा रोजी भ्लोन, वेस्ट पर्सनालिटीमा रञ्जना राणा, मोस्ट स्मार्टमा सरिता श्रेष्ठ, मोस्ट डेडिकेटेडमा ज्ञानु गुरुङ, मोस्ट डिलीजेन्टमा जुना थापा मगर एवं मोस्ट ग्रेसफुलमा निर्मला रम्तेल तथा मोस्ट प्यासोनेटमा हिरा थापालाई अवार्ड प्रदान गरिएको थियो । साथै पब्लिक भिडियो च्वाइसमा अन्जली गोले, वेस्ट मल्टिमिडिया शोभा श्रेष्ठ र मोस्ट पपुलर अन्जली गोलेलाई उपाधि प्रदान गरिएको थियो । कार्यक्रमको निर्णायक मण्डलमा नायिका तथा मोडल शुष्मा अधिकारी, मिसेस हिमालयन नेपाल–२०२४ एवं सौन्दर्यकर्मी कविता बिशुंखे, डरम्याटोलोजिस्ट डा. मुना विस्ट, मोडल अभिषेक खड्का, मोडल तथा अभिनेता दिक्पाल कार्की रहेका थिए ।

वरिष्ठ सौन्दर्यविद् डा. कमला श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमलाई फेसन कोरियोग्राफर हिमानी सुब्बाले कोरियोग्राफ एवं निर्देशन गरेका थिए । आयोजकका अनुसार यस प्रतियोगिताले सहभागि सौन्दर्यकर्मीहरुको सबलीकरण तथा सशक्तिकरणमा केन्दि«त ब्युटिसियन नेपालले सहभागिको बौद्धिक, व्यवहारिक, अभिव्यक्ति, प्रस्तुति तथा आवरणीय व्यक्तित्वको प्रभावकारीतामा जोड दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय