Saturday 2 May 2026 / शनिबार, १९ बैशाख २०८३

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आइतबारका लागि सचिवालय बैठक बोलाएको छ। समसामयिक राजनीतिक परिस्थिति, पार्टीको आन्तरिक रणनीति तथा आगामी कार्यक्रमबारे छलफल गर्न बैठक आह्वान गरिएको जनाइएको छ।

पार्टीका प्रवक्ता मनिष झाले दिएको जानकारी अनुसार बैठक मध्यान्ह १२:३० बजे बस्नेछ। बैठक वनस्थलीस्थित रास्वपाको केन्द्रीय कार्यालयमा आयोजना हुने तय गरिएको छ।
बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम, संगठन विस्तार, नीति–कार्यक्रम र पार्टीको आगामी कार्यदिशाबारे महत्वपूर्ण निर्णय हुन सक्ने बताइएको छ। साथै, समसामयिक राष्ट्रिय मुद्दामा पार्टीको धारणा तय गर्ने विषयमा पनि छलफल केन्द्रित रहने सम्भावना रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय