Tuesday 5 May 2026 / मंगलवार, २२ बैशाख २०८३

नमूना कलेज अफ फेसन टेक्नोलोजीकी संस्थापक प्राचार्य श्रीमती ज्ञानी शोभा तुलाधरलाई अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ल्ड बुक अफ रेकर्डस् लन्डनले सर्टिफिकेट अफ एक्सेलेन्स प्रदान गर्दै आइकोनिक फेसन डिजाइनर तथा भेट्रान एकेडेमिसियनको रूपमा सम्मान गरेको छ । ५० वर्षभन्दा बढी समयदेखि नेपालको फेसन क्षेत्रको विकास, विस्तार र रूपान्तरणमा पु¥याएको दूरदर्शी नेतृत्वको कदर गर्दै उनलाई नेपाली फेसन जगतकी “गुरु आमा”को रूपमा चिनाउँदै यो सम्मान प्रदान गरिएको हो । परम्परागत सिपलाई आधुनिक शैक्षिक विषय र व्यावसायिक उद्योगका रूपमा स्थापित गर्न उनले खेलेको अग्रणी भूमिकालाई यस सम्मानले विशेष रूपमा उजागर गरेको छ । यो सम्मान २०२६ अप्रिल ३० मा काठमाडौंमा आयोजित वर्ल्ड बुक अफ रेकर्डस्को २०औँ अन्तर्राष्ट्रिय समिट तथा अवार्ड समारोहका अवसरमा प्रदान गरिएको थियो, जसले उनको दीर्घकालीन व्यावसायिक यात्रामा महत्वपूर्ण उपलब्धि थपेको छ । श्रीमती तुलाधरलाई नेपालको फेसन आन्दोलनकी अग्रणी व्यक्तित्वका रूपमा व्यापक रूपमा मानिन्छ । उनले पुस्तौँ पुस्ताका डिजाइनर, स्टाइलिस्ट तथा सृजनशील पेशाकर्मीलाई मार्गदर्शन गर्दै नेपालको सिर्जनात्मक अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएकी छिन् ।

उनको योगदानको कदरस्वरूप उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेकी छन् । तीमध्ये न्यूबिज बिजनेस वुमन समिट एन्ड अवाड्र्स २०२५मा प्रदान गरिएको लाइफटाइम अचिभमेन्ट अवार्ड विशेष उल्लेखनीय छ । यस सम्मानले नेपालको फेसन उद्योगको विकास तथा सिर्जनात्मक उद्यमशीलताको प्रवद्र्धनमा उनले पु¥याएको दीर्घकालीन योगदानलाई मान्यता दिएको हो । साथै उनलाई डिस्टिङ्ग्विस्ड वुमन अफ नेपालको सूचीमा समेत समावेश गर्दै फेसन शिक्षा प्रवद्र्धन तथा महिला सशक्तीकरणमा पु¥याएको भूमिकाको प्रशंसा गरिएको छ । नेपालको फेसन क्षेत्र र फेसन शिक्षामा उनले लगानी गरेको समय र उल्लेखनीय योगदानलाई कदरलाई गर्दैं श्रीमती तुलाधर विभिन्न प्रतिष्ठित पुरस्कार तथा मान सम्मानबाट सम्मानीत व्यक्ति हुन् ।

उनी २५ नेपाली महिलाहरु मध्येकी एक हुन जसको व्यक्तिगत र व्यवसायिक जीवनका कथाहरु र महत्वपूर्ण उपलब्धीहरुलाई सेलिबे्रटिङ वुमनहूड, वुमन हु इन्स्पायर पोजिटिभ चेन्ज नामक पुस्तकमा उल्लेखित र संकलित रहेको छ । यो पुस्तकलाई सन् २०१८ मा बेलायतको लिभरपुल जोन मूर युनिभर्सिटीको समाजशास्त्र विभागले आफ्नो शिक्षण पाठ्यक्रममा समावेश गरेको थियो । श्रीमती तुलाधर सीएमओ एशियाद्वारा प्रदान गरिएको नेपाल एजुकेशन लिडरशीप अवार्ड २०१७ बाट सम्मानीत व्यक्तित्व हुन् । उनी सन् २०१४ मा कान्तिपुरबाट कला विधा अन्तर्गत वन् अफ द टप पर्सनालिटीज् अफ द इयरका रुपमा पनि मनोनीत भएकी थिइन् । उनी सन् २००४ २००५ का लागि बस टप टेन बिजनेस एक्सिलेन्स अवार्ड अन्तर्गत द वेष्ट वुमन अन्टरप्रिनर अफ द इयर अवार्डका प्राप्तकर्ता हुन् । यसैगरी उनले सेलिब्रेटिङ वुमनहुड २००४ अन्तर्गत महामाया शीर्षक अन्तर्गत सम्मान प्राप्त गरेकी हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय