Sunday 10 May 2026 / आईतवार, २७ बैशाख २०८३

तेहरान, इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा अन्डिशे सहरमा अवस्थित अर्गावन कमर्शल कम्प्लेक्स सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै ३६ जना घाइते भएको इरानको आइआरआइबी टेलिभिजनले जनाएको छ । यो भवनमा भवनमा २५० भन्दा बढी व्यापारिक एकाइहरू सञ्चालनमा रहेको जनाइएको छ ।

इरानी विद्यार्थी सङ्गठन (आइएसएनए) ले एन्डिशे शहरको अग्नि नियन्त्रण विभागका प्रमुख अली पाइदारनलाई उद्धृत गर्दै स्थानीय समय अनुसार वेलुका ४ः४० मा आगलागी भएको रिपोर्ट गरिएको थियो ।भवनको अग्रभागमा प्रयोग गरिएको मिश्रित सामग्रीका कारण आगो छिठै फैलिएको पाइदरनले बताउनु भएको छ ।

आइएसएनएले इरानको रेड क्रिसेन्ट सोसाइटीलाई उद्धृत गर्दै तालिम प्राप्त कुकुरहरूसहित उद्धार खोजी र उद्धारका लागि घटनास्थलमा रहेको बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय