काठमाडौँ, माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अस्ट्रेलियाका राजदूत महामहिम साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त भेटका क्रममा उहाँहरूबिच नेपाल र अस्ट्रेलियाबिचको सम्बन्ध, शिक्षा, विकास साझेदार तालगायत विषयमा कुराकानी भएको थियो । विशेष गरी उहाँहरूबिच उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबिच सहकार्यको सम्भावनाका विषयमा छलफल भएको थियो ।

भेटमा शिक्षामन्त्री पोखरेलले अष्ट्रेलियन उच्च शिक्षाका राम्र कार्यक्रममा सहकार्य र साझेदारीताका विषयमा सकारात्मक रहेको भन्दै ती विषयमा कानुनी प्रबन्धका लागि पहल गरिने विश्वास व्यक्त गर्नुभयो ।

मन्त्री पोखरेलले विश्व स्तरीय शिक्षा नेपाल मै दिने गरी नीतिगत सुधार गरेर जानुपर्नेमा जोड दिनुभयो ।उहाँले विद्यालय शिक्षा क्षेत्रमा सुधारका अरू विकास साझेदारहरूसँग जस्तै अस्ट्रेलियासँग पनि सहकार्य गर्न मन्त्रालय इच्छुक रहेको बताउनुभयो ।राजदूत महामहिम अन्स्र्टले उच्च शिक्षामा अन्तरदेशिय शिक्षा प्रवन्धकका बारेमा चासो व्यक्त गर्दै उहाँले उच्च शिक्षाका राम्रा अष्टे«लियन कार्यक्रमहरुमा साझेदारी गर्ने इच्छासमेत व्यक्त गर्नुभएको छ ।


