काठमाडौं, Nepal Telecom को बहुचर्चित बिलिङ प्रणाली खरिद प्रक्रियामा गम्भीर अनियमितता, मिलेमतो र ‘सेटिङ’ भएको आरोप सार्वजनिक भएको छ । सन् २०१८/१९ मा तत्कालीन महाप्रबन्धक Dilliram Adhikari को सक्रियतामा अघि बढाइएको खरिद प्रक्रियामा सीमित कम्पनीलाई लाभ पुग्ने गरी प्राविधिक स्पेसिफिकेसन तयार पारिएको दाबी गरिएको छ ।
उक्त टेन्डर प्रक्रिया NTC/CTO/ICB/08/081-82 अन्तर्गत “Convergent Real Time Billing and Customer Support System” खरिदसँग सम्बन्धित रहेको बताइएको छ । यसले राज्यलाई ठूलो आर्थिक क्षति पुर्याउने तयारी भएको प्रमाणहरू संकलन भएको स्रोतको दाबी छ ।
हाल सञ्चालनमा रहेको CRTB प्रणाली सन् २०११/१२ मा चिनियाँ कम्पनी AsiaInfo ले प्रतिस्पर्धात्मक टेन्डरमार्फत जडान गरेको थियो, जसको क्षमता १ करोड सक्रिय ग्राहकसम्म रहेको छ ।
त्यसबेला तयार गरिएको स्पेसिफिकेसन पुरानै प्रणालीसँग मिल्दोजुल्दो रहेको भन्दै प्रश्न उठाइएको छ । साथै, तत्कालीन सञ्चार सचिव Hari Basyal ले प्रक्रिया रोक्दै नयाँ सचिव Baikuntha Aryal सँग छलफलपछि मात्र अघि बढाउन निर्देशन दिएको पनि उल्लेख छ ।


