काठमाडौं, स्वास्थ्य क्षेत्रमा कार्यरत HA, CMA, Pharmacy लगायतका स्वास्थ्य प्राविधिकहरूले आफूहरूमाथि भइरहेको विभेदपूर्ण व्यवहार र स्थायी दरबन्दी कटौतीको विरोध गर्दै आन्दोलन घोषणा गरेका छन् ।
आन्दोलन आज बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा हुने जनाइएको छ । स्वास्थ्य प्राविधिकहरूले लामो समयदेखि सेवा दिँदै आएका जनशक्तिलाई दरबन्दीबाट हटाउने प्रयास गरिएको आरोप लगाउँदै यसले स्वास्थ्य सेवा प्रणाली नै कमजोर पार्ने चेतावनी दिएका छन् ।
आन्दोलनका प्रमुख मागहरूमा स्वास्थ्य प्राविधिकमाथिको विभेद अन्त्य, स्थायी दरबन्दी कायम, र प्राविधिक जनशक्तिको उचित प्रतिनिधित्व सुनिश्चित गर्नु रहेका छन् । उनीहरूले “हाम्रो पसिना, हाम्रो अधिकार”, “दरबन्दीमा न्याय चाहियो” र “Health for ALL” जस्ता नारासहित शान्तिपूर्ण प्रदर्शन गर्ने बताएका छन् ।
आन्दोलनकारीहरूले सरकारलाई विभेदपूर्ण निर्णय सच्याउन र स्वास्थ्य क्षेत्रमा योगदान दिँदै आएका जनशक्तिको सम्मान गर्न आग्रह गरेका छन् ।


