Monday 11 May 2026 / सोमबार, २८ बैशाख २०८३

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ व्यवस्थित, प्रभावकारी र जनमैत्री बनाउने दिशामा सरकार सक्रिय रूपमा काम गरिरहेको बताएकी छन्।

सोमबार वीर अस्पतालमा आयोजित ‘राष्ट्रिय सरसफाइ सप्ताह’ शुभारम्भ कार्यक्रममा बोल्दै उनले स्वास्थ्य बीमामा केही जटिल र पेचिला समस्या रहेको स्वीकार गरिन्। ती समस्याहरू समाधान गर्दै प्रणालीलाई सरल र पहुँचयोग्य बनाउने विषयमा मन्त्रालयभित्र विस्तृत गृहकार्य भइरहेको उनले जानकारी दिइन्।

मन्त्री मेहताका अनुसार बीमा सेवा अझ प्रभावकारी बनाउन संरचनागत सुधार आवश्यक छ र त्यसतर्फ सरकारले आवश्यक नीति तथा सुधारका उपायहरू अघि बढाइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय