Sunday 17 May 2026 / आईतवार, ३ जेष्ठ २०८३

कैलाश मानसरोवर दर्शनका लागि सिमकोट हुँदै आउने भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ। सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंह का अनुसार वैशाख ३० गतेदेखि सुरु भएको यात्रामा चार दिनमै १६९ तीर्थयात्री सिमकोट आइपुगेका छन्। तीमध्ये १४७ भारतीय र २२ अन्य देशका पर्यटक रहेका छन्।

प्रतिकूल मौसमका बाबजुद शनिबार मात्रै Summit Air का तीन उडानमार्फत ४७ तीर्थयात्री सिमकोट पुगेका हुन्। तर तीमध्ये २३ जना भारतीय यात्रुले कैलाश मानसरोवर जाने परमिट नपाएका कारण सिमकोटमै बस्नुपरेको छ।
गत चैत २१ गतेको मन्त्रिपरिषद् निर्णयअनुसार शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले परमिट प्रक्रिया ढिलो हुँदा यात्रु रोकिएको बताइएको छ।

विसं २०७२ को भूकम्पपछि हिल्सा नाका हुँदै भारतीय पर्यटकको आवागमन सुरु भएको थियो। कोरोना महामारीका बेला नाका बन्द भएपछि यात्रा रोकिएको थियो।
गत वर्ष चीन सरकारले भारतीय पर्यटकलाई हिल्साबाट कैलाश मानसरोवर यात्रा गर्न पुनः अनुमति दिएपछि चार महिनामै करिब ६ हजार ५०० भारतीय पर्यटकले धार्मिक यात्रा गरेका थिए। यस वर्ष भने वैशाख ३० गते पहिलोपटक तीर्थयात्री सिमकोट आइपुगेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय