Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काठमाडौं, काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनीता डङ्गोललाई ७९औँ कान्स फिल्म फेस्टिभलको रेड कार्पेट समारोहअघि मंगलबार साँझ फ्रान्सको कान्स सहरका मेयर David Lisnardले सिटी हल (होटल डे भिल्ले) मा औपचारिक स्वागत गरेका छन्।
होटल डे भिल्लेमा भएको द्विपक्षीय भेटवार्ताले चलचित्रका लागि युनेस्कोद्वारा मान्यता प्राप्त दुई ‘क्रियटिभ सिटी’बीचको सम्बन्धलाई अझ सुदृढ र अर्थपूर्ण बनाएको बताइएको छ। उक्त भेटले काठमाडौं र कान्सबीच चलचित्र तथा सांस्कृतिक सहकार्य विस्तार गर्ने सम्भावनालाई थप मजबुत बनाएको छ।

काठमाडौं महानगरपालिकाका अनुसार यो अवसर काठमाडौंलाई विश्व चलचित्र समुदायसँग जोड्दै आफूलाई चलचित्रमैत्री सहरका रूपमा प्रस्तुत गर्ने महत्वपूर्ण क्षण बनेको छ।

महानगरले कान्सका मेयर र कान्स सहरप्रति आतिथ्य, सहकार्य र समन्वयका लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता संवाद र सहकार्य निरन्तर रहने अपेक्षा गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय