Wednesday 20 May 2026 / बुधबार, ६ जेष्ठ २०८३

काभ्रे रोशी खोला गाउँपालिका, काभ्रेपलान्चोककी अमृता लामाले यस वर्षको मिस नेसनल नेपाल २०२६ को ताज जित्न सफल भएकी छिन् । रेक्स इन्टरटेन्मेन्टको ब्यानरमा खगेश रञ्जितकारद्वारा आयोजित सो प्रतियोगितामा अमृताले मिस क्याटवाक, मिस पर्सनालिटी, बेस्ट ड्रेस, ब्राण्ड एम्बेसडर, अर्गनाइजर्स च्वाईस सहित क्यामेलिया कलेजमा दुई लाख बरावरको छात्रबृत्ति पनि आफ्ना नाममा सुरक्षित गर्न सफल भएकी छिन् । प्रतियोगितामा रबिना अर्याल फस्ट रनर अपका साथमा मिस फिटनेस उपाधि जितिन् । यसैगरी सास्ता शाक्य सेकेन्ड रनर अप सहित मिस कन्फिडेन्ट र मिस ट्यालेन्ट उपाधि विजेता बनिन् । प्रतियोगितामा निम्साङ्ग तामाङ्ग थर्ड रनर अप, याङ्चेन लामा फोर्थ रनर अप, बिपिशा खड्गी फिफ्थ रनर अप तथा रचना बुढाथोकी सिक्स्थ रनर अप चयन भए ।

मिष्टरतर्फ पनि संचालन प्रतियोगिता संचालन गरिएको सो कार्यक्रममा मिस्टर डिसिप्लीन र ब्राण्ड एम्बेस्डरको अवार्ड सहित कलश मानन्धरले मिस्टर नेसनल नेपाल २०२६ उपाधि उचाल्न सफल भए । फस्ट रनर अपतर्फ मिस्टर फिट्नेस सहित अमन बमरेल विजेता चयन भए भने मिष्टर ह्यान्डसम उपाधि सहित सम्राट पोखरेल सेकेन्ड रनर अप, सुहन बलामि थर्ड रनर अप,सन्देश शाही फोर्थ रनर सुशान्त शाही , फिफ्ट रनर अप तथा हसन राजा सिक्स्थ रनर अपका रुपमा छनौट भएका थिए । भृकुटीमण्डप स्थित द ब्लु पेवेलियन नेपाल पुलिस क्लबमामा भव्य रूपमा सम्पन्न सो कार्यक्रममा फेसन कोरियोग्राफर तथा संचारकर्मी रोजिन शाक्य कोरियोग्राफी रहेको थियो । आयोजक संस्थाका प्रमुख खगेश रन्जितले संचालन गरेको सो कार्यक्रमको निर्णायक मण्डलमा प्रोफेसर डा. चुन्दा बज्राचार्य , डा. पन्च कुमारी मानन्धर , शिक्षाविद् कल्पना बज्राचार्य, नृत्य निर्देशक रोहिया महर्जन, लेखक प्रशान्त डंगोल र मिस नेशनल समृद्धि राजभण्डारी रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय