Saturday 17 October 2026 / शनिबार, १ कार्तिक २०८३

इरानले अमेरिकी ‘एमक्यू-९ रिपर’ ड्रोन खसालेको दाबी गरेको छ। इरानी सञ्चारमाध्यमका अनुसार दक्षिणी इरानको जाम क्षेत्रमा गरिएको सैन्य कारबाहीका क्रममा उक्त ड्रोनलाई निशाना बनाइएको हो। घटनासँग सम्बन्धित भनिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भए पनि अमेरिकाले भने हालसम्म ड्रोन खसालिएको विषयमा कुनै आधिकारिक पुष्टि गरेको छैन।

अमेरिकाले इरानविरुद्धको आफ्नो सैन्य अभियान सम्पन्न भएको घोषणा गरेको केही समयमै यो दाबी सार्वजनिक भएको हो। यसअघि अमेरिकी सेनाले आफ्ना सैनिक र व्यावसायिक पानीजहाजमाथि भएका आक्रमणको जवाफस्वरूप कारबाही गरेको जनाएको थियो।

यता, इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (IRGC) ले जोर्डनस्थित अमेरिकी सैन्य अड्डालाई लक्षित गर्दै लामो दूरीका ठोस इन्धनयुक्त मिसाइल प्रहार गरेको दाबी गरेको छ। दुवै पक्षका दाबी र प्रतिदाबीबीच मध्यपूर्वमा तनाव थप बढ्ने संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय