प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर जारी संसद् अवरोध अन्त्य हुन नसकेपछि बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक २ बजेसम्मका लागि सारिएको छ।
प्रतिपक्षी दलले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान कायम राखेका छन् भने सरकार पक्षले परराष्ट्रमन्त्रीमार्फत जवाफ प्रस्तुत गर्ने तयारी गरेपछि विवाद कायमै रहेको छ। संसद्को गतिरोध अन्त्यका लागि रास्वपा सभापति रवि लामिछानेले निरन्तर संवाद गरिरहे पनि अहिलेसम्म सहमति जुट्न सकेको छैन।


