काठमाडौं, बजारमा सुकेको प्याजको भाउ उकालो लागेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार सुकेको प्याजको भाउ बढेको देखाएको हो ।
आज प्याजको भाउ प्रतिकिलो औसत ४ रुपैयाँ बढेको छ । हिजो बिहीबार प्याज प्रतिकिलो थोकमा न्यूनतम ४४ देखि अधिकतम ४७ र औसत ४५ रुपैयाँमा किनबेच भएको थियो ।
आज शुक्रबार भने प्याजको भाउ प्रतिकिलो थोकमा न्यूनतम ४८ देखि अधिकतम ५० र औसत ४९ रुपैयाँ कायम छ । प्याजको भाउ आपूर्तिका आधारमा घटबढ हुन्छ । प्याजको मूल्य थोरै मात्रामा मात्र घटबढ हुने व्यवसायीहरू बताउँछन् ।


