Saturday 22 August 2026 / शनिबार, ६ भाद्र २०८३

काठमाडौं, राष्ट्रिय चलचित्र पुरस्कारअन्तर्गत प्रदान गरिने ‘जुरी प्रोत्साहन’ अवार्ड यस वर्ष पनि विवादमा परेको छ। डेब्यू गरेको एक दशक बितिसकेकी तथा आधा दर्जनभन्दा बढी फिल्ममा मुख्य भूमिकामा अभिनय गरिसकेकी नायिका आना शर्मा लाई उक्त अवार्ड प्रदान गरिएपछि प्रश्न उठेको हो।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रमिताको पिरती’ मा गरेको अभिनयका लागि आना सम्मानित भएकी हुन्। तर, प्रोत्साहन अवार्ड सामान्यतः उदाउँदा वा नयाँ प्रतिभालाई दिइनुपर्ने धारणा रहँदै आएको छ। यसै कारण स्थापित कलाकारलाई अवार्ड दिइएको भन्दै सामाजिक सञ्जालदेखि फिल्म वृत्तसम्म आलोचना भइरहेको छ।

यसअघि पनि यही विधामा प्रदीप खड्का र स्वस्तिमा खड्का सम्मानित हुँदा विवाद भएको थियो। आलोचकहरूको भनाइमा ‘प्रोत्साहन’ नाम दिइए पनि चर्चित र स्थापित कलाकारलाई सम्मान गर्ने प्रवृत्तिले अवार्डको उद्देश्य नै कमजोर बनाएको छ।

फिल्मकर्मीहरूका अनुसार स्टार कलाकारलाई खुसी पार्न यो विधाको प्रयोग भइरहेको आरोप नयाँ होइन। यस वर्ष पनि आना शर्मालाई अवार्ड दिइएपछि ‘जुरी प्रोत्साहन’ विधाको औचित्यमाथि फेरि बहस सुरु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय