काठमाडौं, जापान सरकारले ४८ वर्षपछि भिसा शुल्कमा ठूलो वृद्धि गरेको छ। आगामी जुलाई १ देखि लागू हुने नयाँ व्यवस्थाअनुसार सिङ्गल–इन्ट्री भिसाको शुल्क ३,००० येनबाट १५,००० येन र मल्टिपल–इन्ट्री भिसाको शुल्क ६,००० येनबाट ३०,००० येन पुर्याइएको छ।
नेपालबाट आवेदन दिनेहरूका लागि सिङ्गल–इन्ट्री भिसा शुल्क करिब २,८५० रुपैयाँबाट १४,२५० रुपैयाँ पुग्नेछ। जापान सरकारले मुद्रास्फीति, विनिमय दरको उतारचढाव र बढ्दो प्रशासनिक खर्चलाई ध्यानमा राख्दै शुल्क वृद्धि गरिएको जनाएको छ।
सरकारका अनुसार अतिरिक्त राजस्व विदेशी नागरिक व्यवस्थापन, जापानी भाषा कार्यक्रम विस्तार तथा अध्यागमन प्रणाली सुदृढ बनाउन खर्च गरिनेछ।


