काठमाडौं, नेपाली प्रविधि उद्यमी आदित्य सुवेदी र क्यानडाका इब्राहिम हुसेनले स्थापना गरेको आर्किटेक्ट ल्याब्सले कस्टम एआई चिप डिजाइन प्रविधिको विकासका लागि २४ मिलियन अमेरिकी डलर (करिब ३ अर्ब ६२ करोड रुपैयाँ) लगानी जुटाएको छ।
हार्वर्ड विश्वविद्यालयमा एआई अनुसन्धान गरिरहेका सुवेदी र पूर्व एप्पल–टेस्ला इन्जिनियर हुसेनले मिलेर स्थापना गरेको कम्पनीले एआईको प्रयोगबाट चिप डिजाइन प्रक्रिया छिटो र सस्तो बनाउने लक्ष्य राखेको छ।

रोयटर्सका अनुसार कम्पनीमा गुगल डीपमाइन्डका प्रमुख वैज्ञानिक जेफ डिनसहित ओपनएआई र एनभिडियाका कार्यकारीहरूले पनि लगानी गरेका छन्। क्यालिफोर्नियास्थित आर्किटेक्ट ल्याब्सले भविष्यमा एआई, रोबोटिक्स तथा जटिल कम्प्युटिङ कार्यका लागि विशेष चिप विकास गर्ने योजना बनाएको छ।


