Sunday 21 June 2026 / आईतवार, ७ असार २०८३

ललितपुर, मोडा योग फेस्टिभल २०२६ शनिबार ललितपुरमा सफलतापूर्वक सम्पन्न भएको छ। अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित यस कार्यक्रममा १००० भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।

मोडा योग स्टुडियोद्वारा बखुण्डोलस्थित कुण्डलिनी आयुर्वेद परिसरमा आयोजित उक्त फेस्टिभलमा योग, ध्यान, संगीत, कला, कार्यशाला, सचेत जीवनशैली तथा सामुदायिक गतिविधिहरू समावेश थिए।

कार्यक्रमको सुरुवात बिहान ७ बजे निःशुल्क सामूहिक हठयोग सत्रबाट गरिएको थियो, जसलाई मोडा योग टिमले सञ्चालन गरेको थियो। त्यसपछि पिज्जा महर्जन तथा टोलीद्वारा निःशुल्क इनभर्सन तथा ह्यान्डस्ट्यान्ड कार्यशाला सञ्चालन गरिएको थियो।यस वर्षको विशेष आकर्षणका रूपमा रोनाली अमात्य तथा टोलीद्वारा सञ्चालित इन्फ्लुएन्सर योग, साउन्ड हिलिङ तथा वेलनेस ब्रन्च कार्यक्रम रहेको थियो।

आयोजकको भनाइ कार्यक्रममा बोल्दै आयोजक रोनाली अमात्यले यो कार्यक्रम समुदायमा आधारित रहेको र वेलनेस प्रवर्द्धन मुख्य उद्देश्य रहेको बताइन्।“हाम्रो उद्देश्य वेलनेस प्रवर्द्धन गर्नु पनि हो, र हामी आगामी वर्षलाई ‘वेलनेस वर्ष’ घोषणा गर्नेबारे विचार गरिरहेका छौं। यो कार्यक्रम पूर्ण रूपमा समुदायमा आधारित हो। हामी सबैलाई निःशुल्क रूपमा प्रिमियम अनुभव दिने प्रयास गरिरहेका छौं,” उनले भनिन्।

उनले स्थानीय ब्रान्ड, कलाकार तथा उद्यमीलाई प्लेटफर्म प्रदान गर्नु पनि कार्यक्रमको मुख्य उद्देश्य रहेको बताइन्। दिउँसो १:३० बजेपछि सञ्चालन गरिएको कन्सस मार्केटप्लेसमा एक्सु मो इन्टरनेशनल पब्लिकेशन, एसटी महर्जन ज्वेल्स, खेतीपाती अर्गानिक्स, टेम्पल अफ प्लान्ट्स, द थर्ड आई ट्यारोट, अल्केमीअरा, सोनिका (नेवारी खाना), एलिजा (स्ट्रीट स्न्याक्स), स्टिच्ड टेल्स, सिटाराम डेरी मिल्क्स, जस्ट कुकीज, प्लुटोनिक टेक, खजुरिको पसल, हर्बा वन्डर्स, साबरताग्रो फार्म, नाइस भेगन चकलेट, ड्रागनफ्लाइ नेपाल, नेफाइरा स्टुडियो, घरको सातु, तथा पोटरी बाइ ह्याप्पी स्पेस लगायतका ब्रान्डहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा रोशन महर्जन तथा टोलीको लाइभ इन्स्ट्रुमेन्टल प्रस्तुतिले वातावरणलाई शान्त र ध्यानमय बनाएको थियो।कार्यक्रमको समापन साँझ ६:३० बजे सुरु भएको सनसेट कीर्तन कन्सर्टमार्फत गरिएको थियो, जसलाई सजल न्यौपाने तथा टोलीले सञ्चालन गरेका थिए। भक्तिभावपूर्ण संगीत र सामूहिक सहभागितामार्फत कार्यक्रमको समापन गरिएको थियो।आयोजकहरूले यो कार्यक्रम योग, स्वास्थ्य, एकता र सचेत जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको बताएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय