Friday 28 August 2026 / शुक्रबार, १२ भाद्र २०८३

काठमाडौं, उपत्यकासहित देशका ११ जिल्लामा बर्डफ्लु संक्रमण फैलिएको भन्दै पशुसेवा विभागले उच्च सतर्कता अपनाएको छ। करिब १०० कुखुरा फार्ममा संक्रमण पुष्टि भएपछि लाखौं कुखुरा, अण्डा तथा दाना नष्ट गरिएको छ। संक्रमण नियन्त्रणका लागि प्राविधिक टोली परिचालन गरिएको छ भने काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेलाई उच्च जोखिमयुक्त क्षेत्रका रूपमा विशेष निगरानीमा राखिएको छ।
विभागले डेढ महिनासम्म नयाँ चल्ला नराख्न आग्रह गर्दै बर्डफ्लु मानिसमा समेत सर्न सक्ने भएकाले किसान, व्यवसायी र उपभोक्तालाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ। प्रभावित किसानलाई नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराइने व्यवस्था गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय