Saturday 17 October 2026 / शनिबार, १ कार्तिक २०८३

काठमाडौं, नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाको पाँचदिने राजनीतिक भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किनुभएको छ।
भ्रमणका क्रममा उहाँले ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा उद्घाटन र समापन सत्रलाई सम्बोधन गर्दै विश्व राजनीति, दक्षिण एशियाली जनआन्दोलन र २१औँ शताब्दीको समाजवादबारे आफ्नो धारणा राख्नुभयो। साथै, नेपालको शान्ति प्रक्रिया, लोकतान्त्रिक गणतन्त्रसम्मको यात्रा र समाजवादी रूपान्तरणका विषयमा विशेष अन्तर्वार्ता पनि दिनुभयो।

प्रचण्डले श्रीलंकाका कम्युनिस्ट पार्टी तथा सत्तारुढ जनता विमुक्ति पेरामुनाका शीर्ष नेताहरूसँग भेटवार्ता गर्दै दुई देशका कम्युनिस्ट आन्दोलन, सुशासन, आर्थिक विकास र दक्षिण एशियाली वामपन्थी सहकार्यका विषयमा छलफल गर्नुभएको थियो। पार्टीका अनुसार यस भ्रमणले नेपालको कम्युनिस्ट आन्दोलनलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्नुका साथै दक्षिण एशियाली प्रगतिशील शक्तिसँग राजनीतिक सम्बन्ध विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय