Tuesday 21 July 2026 / मंगलवार, ५ श्रावण २०८३

हनोई, उत्तरी भियतनाममा गत साता परेको भारी वर्षासँगै आएको आकस्मिक बाढी र पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ भने तीन जना अझै बेपत्ता रहेको विपद् तथा बाँध व्यवस्थापन प्राधिकरणले सोमबार जनाएको छ । प्राधिकरणका अनुसार विपद्मा परी १० जना घाइते भएका छन् । हताहत हुने सबै व्यक्तिलाई चाउ प्रान्तका रहेका छन् ।

गत बुधबारदेखि आइतबारसम्म परेको अविरल वर्षाका कारण उक्त क्षेत्रमा बाढी र पहिरो गएको थियो । विपद्ले व्यापक भौतिक क्षति पु¥याएको छ । प्रारम्भिक विवरणअनुसार ४२७ घर पूर्ण रूपमा ध्वस्त वा क्षतिग्रस्त भएका छन् भने उच्च जोखिमयुक्त क्षेत्रबाट करिब १४० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
विपद्बाट भएको आर्थिक क्षति करिब ३६२ दशमलव ४६ अर्ब भियतनामी डङ (करिब एक करोड ४३ लाख अमेरिकी डलर) बराबर रहेको अनुमान गरिएको छ ।

स्थानीय अधिकारीहरूले क्षतिको विस्तृत विवरण सङ्कलन तथा बेपत्ताको खोजी कार्य जारी राखेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय