Friday 29 March 2024 / शुक्रबार, १६ चैत्र २०८०

गाईघाट,उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित मिर्चैया–कटारी चुरेखण्डको जङ्गलमा हाइटेन्सन भोल्टेजको विद्युत् तारको करेन्टका कारण जङ्गली भालुको मृत्यु भएको छ । डिभिजन वन कार्यालय त्रिवेणी कटारीका अनुसार सिरहाको मिर्चैयाबाट कटारी खण्डमा विस्तार गरिएको उक्त विद्युत् तारबाट चिसो जमिनमा करेन्ट प्रवाह हुँदा सोमबार चुरे जङ्गलमा एक भालुको मृत्यु भएको हो ।

डिभिजन वन त्रिवेणीका सहायक वन अधिकृत हीरालाल शर्माले मिर्चैयाबाट हाइटेन्सनको भोल्टेजबाट कटारी क्षेत्रमा विस्तार गरिएको विद्युत्को तार चुरे जङगलका केही भाग र जमिनमा समेत प्रवाह हुने गरेका कारण सो क्षेत्रमा घुम्दै आएको जङ्गली भालु मृतावस्थामा भेटिएको बताउनुभयो । नाङ्गो तार र चिसो जमिन तथा हरियो रुख बिरुवा तारमा जोडिने गरेका कारण जङ्गल क्षेत्रमा विद्युत्को उचित व्यवस्थापन नहुँदा यस क्षेत्रमा यस्ता घटना पटक–पटक घटिसकेको सहायक वन अधिकृत शर्माले बताउनुभयो । समयमै सम्बन्धित निकाय र विद्युत् प्राधिकरणले यस्ता समस्याको सामाधान नगरे अन्य घटना पनि घट्न सक्ने कटारी त्रिवेणीका स्यानीयवासी घनश्याम कार्कीले बताउनुभयो ।

घाइते चितुवाको उद्धार

दमौली– घाइते अवस्थामा फेला परेको चितुवाको बच्चाको उद्धार गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा सोमबार फेला परेको चितुवाको बच्चाको सबडिभिजन कार्यालय विमलनगरले उद्धार गरेको हो । चितुवाको बच्चालाई चोट लागेकाले उपचारका लागि डिभिजन वन कार्यालय तनहुँ पठाइएको सहायक सबडिभिजन कार्यालयका प्रमुख सहायक वन अधिकृत सुरेशकुमार भुजेलले जानकारी दिनुभयो ।

Share This Post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय