देवानगञ्ज गाउँपालिका–३, कमानागाछीमा साउन १० गते ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच ७ बुँदे सम्झौता भएको छ।
सम्झौताअनुसार मृतकद्वयलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाइने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने तथा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गरिनेछ।
साथै, मदरसाको कानुनी हैसियतबारे छानबिन, प्रत्येक परिवारबाट एक जनालाई रोजगारी, छानबिन समितिका सुझाव कार्यान्वयन तथा मृतकको सम्झनामा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ। सम्झौतापत्रमा गृहमन्त्री सुधन गुरुङ र पीडित परिवारका प्रतिनिधिले हस्ताक्षर गरेका छन्।


