Sunday 2 August 2026 / आईतवार, १७ श्रावण २०८३

समीक्षा श्रेष्ठ मिस फरेन वर्ल्ड नेपाल २०२६ की आधिकारिक क्विन घोषित भएकी छन्। उनी नेपालमै आयोजना हुने मिस फरेन वर्ल्ड २०२६ मा आयोजक राष्ट्र नेपालको प्रतिनिधित्व गर्नेछिन्। प्रतियोगिता आगामी सेप्टेम्बर २५ देखि अक्टोबर ४, २०२६ सम्म नेपालमा आयोजना हुनेछ। सामुदायिक नर्स तथा सामाजिक उद्यमीका रूपमा परिचित समीक्षा श्रेष्ठले नर्सिङमा डिप्लोमा हासिल गरेकी छन्। स्वास्थ्य सेवामार्फत समुदायप्रति समर्पित रहँदै उनले सौन्दर्य प्रतियोगिताको क्षेत्रमा पनि उल्लेखनीय पहिचान बनाएकी छन्।

उनले सन् २०१८ मा दक्ष्य इन्टरनेशनलद्वारा आयोजित मिस एण्ड मिसेस ब्युटिफुल नेपाल को मिस विधामा सहभागिता जनाएकी थिइन्। सो प्रतियोगितामा उनले मिस ट्यालेन्ट तथा बेस्ट हेयर उपाधि जितेकी थिइन्। साथै, उनले मिस स्कुबा इन्टरनेशनल २०२५ मा नेपालको आधिकारिक प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रस्तुत गरेकी थिइन्। मिस फरेन वर्ल्ड नेपाल २०२६ का रूपमा समीक्षा श्रेष्ठले नेपालको कला, संस्कृति, पर्यटन, आतिथ्यता तथा नेपाली महिलाको क्षमता र नेतृत्वलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रवर्द्धन गर्नेछिन्। यस अवसरमा मिस फरेन वर्ल्ड अर्गनाइजेशन र आरके इन्टरटेन्मेन्ट ग्रुप ले समीक्षा श्रेष्ठलाई बधाई ज्ञापन गर्दै उनको सफल अन्तर्राष्ट्रिय यात्राको शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय