गृहमन्त्री सुधन गुरुङले सिंहदरबारको चार भित्ताभित्र बसेर मात्रै निर्णय गर्न नहुने बताएका छन्। उनले वास्तविक समस्या र जनताको अवस्था बुझ्न फिल्डमै पुग्नुपर्ने आवश्यकता रहेको बताए।
उनका अनुसार कागजी विवरण र कार्यालयमा प्राप्त सूचनाका आधारमा मात्रै निर्णय गर्दा वास्तविक समस्या छुट्न सक्छ। त्यसैले सम्बन्धित स्थानमै पुगेर अवस्था बुझ्दै आवश्यक निर्णय लिनुपर्नेमा उनले जोड दिए।


