Friday 14 August 2026 / शुक्रबार, २९ श्रावण २०८३

काठमाडौं,सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई बरामद गरिएका सामानसहित भदौ १ मा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।गत बुधवार पक्राउ परेका पत्रकार श्रेष्ठको रिहाइका लागि पत्नी सरस्वतीद्वारा दायर बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश बालकृष्ण ढकालको इजलासले सो आदेश दिएको हो ।

श्रेष्ठको निवासबाट बुधवार राती निवासवाट, बिहिवार बिहान जनआस्था कार्यालय, झम्सीखेल र बिहिवार साँझ बागडोल, नख्खुवाट प्रहरीले बरामद गरेका सामानसहित अदालतमा उपस्थित गराउन सर्वोच्चले आज आदेश दिएको हो ।

पत्नि श्रेष्ठले दाय गरेको रिटको पक्षमा टीकाराम भट्टराई र रमेश बडाललगायतले बहस गरे पछि अदालतले सो आदेश दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय