Friday 16 October 2026 / शुक्रबार, ३० आश्विन २०८३

चितवन, गत आर्थिक वर्षमा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामीमध्ये १५ जनामा औलो (मलेरिया) संक्रमण देखिएको छ। जनस्वास्थ्य कार्यालयका अनुसार ३ हजार ४१५ जनाको परीक्षण गर्दा १५ जनामा औलो संक्रमण पुष्टि भएको हो।

जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार संक्रमितमध्ये अधिकांश वैदेशिक रोजगारीबाट फर्किएका व्यक्ति रहेका छन्। एनोफिलिस जातको पोथी लामखुट्टेको टोकाइबाट औलो सर्ने गर्दछ।

औलो संक्रमण हुँदा लगातार वा दिन बिराएर ज्वरो आउने, टाउको अत्यधिक दुख्ने, वान्ता हुने, जाडो लाग्ने, शरीर काम्ने तथा पसिना आएपछि ज्वरो घट्ने जस्ता लक्षण देखिने गर्छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय