Sunday 6 September 2026 / सोमबार, २२ भाद्र २०८३

काठमाडौँ, भोलि सोमबार मनाइने नागपञ्चमीका लागि काठमाडौँका बजारमा नागका तस्वीर तथा चित्रको बिक्री बढेको छ। श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमीमा घरको मूलढोकामा नागको तस्वीर टाँस्ने धार्मिक परम्परा रहेको छ।

नागपञ्चमीलाई लक्षित गर्दै काठमाडौँको असन र इन्द्रचोकका व्यापारीहरूले नागका चित्रसँगै गोबर, दुबो तथा दूधसमेत बिक्रीका लागि राखेका छन्। व्यापारीका अनुसार नागका चित्रको मूल्य प्रतिगोटा १० रुपैयाँदेखि १०० रुपैयाँसम्म रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय