Friday 21 August 2026 / शुक्रबार, ५ भाद्र २०८३

काठमाडौं, संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैँछ ।संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन । जसअनुसार अर्थ समितिको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले जाँदैछन् । जुन बैठकमा नेपाल राष्ट्र बैंक ऐन, २०८३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल जारी हुनेछ । सो बैठक बिहान ९ः३० वाट सुरू हुनेछ ।

उता, संसदीय सुनुवाइ समितिको बैठक पनि आजै बस्दैँछ । बिहान ९ः३० बजेवाट सुरू हुने बैठकमा दुईवटा अजेन्डामा छलफल हुनेछ । समितिका अनुसार आजको बैठकमा सूचना माग भएको सम्बन्धमा र अभिमुखीकरण कार्यक्रम सम्बन्धमा सो बैठकमा छलफल हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय