काठमाडौं, नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रलयकारी बाढी पछि उत्तरी छिमेकी चीन नेपालको साथमा रहेको जनाएका छन् । ग्याइरोङ–रसुवागढी सीमा क्षेत्रमा गएको हिजाे गएकाे विनाशकारी प्राकृतिक विपद्बवाट अत्यन्त मर्माहत भएको उल्लेख गर्दै चिनियाँ राजदुत माओमिङले यस विपद्ले चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति पुर्याएको पनि स्मरण गराउँदै नेपाललाइ गरिने सहयाेगमा कुनै कमी हुन नदिने प्रतिबद्दता जनाएका छन् ।
‘चिनियाँ पक्षमा पनि ठूलो क्षति पुगेको भए तापनि चीनले नेपालका लागि तत्कालै आपतकालीन सामग्री र नगद सहयोगको व्यवस्था गरेको छ र थप सहयोग उपलब्ध गराउन हरसम्भव प्रयास गर्नेछ,’ माओमिङले एक्समा भनेका छन, ‘मलाई विश्वास छ कि हातेमालो गर्दै हामी यी कठिनाइहरू पार गर्नेछौं र हाम्रा सुन्दर घरहरूको पुनर्निर्माण गर्नेछौं।’
उनले सामाजिक सञ्जालमा लेखेका छनः
ग्याइरोङ-रसुवागढी सीमा क्षेत्रमा गएको विनाशकारी प्राकृतिक विपद्बाट म अत्यन्त मर्माहत भएको छुस यस विपद्ले चीन र नेपाल दुवैतर्फ ठूलो जनधनको क्षति पुर्याएको छ। ज्यान गुमाउनेहरूप्रति म गहिरो समवेदना व्यक्त गर्दछु, साथै शोकाकुल परिवार, प्रभावित सबै व्यक्ति तथा नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक सहानुभूति प्रकट गर्दछु। यस कठिन घडीमा चीन नेपालको साथमा दृढतापूर्वक उभिएको छ। चिनियाँ पक्षमा पनि ठूलो क्षति पुगेको भए तापनि, चीनले नेपालका लागि तत्कालै आपतकालीन सामग्री र नगद सहयोगको व्यवस्था गरेको छ र थप सहयोग उपलब्ध गराउन हरसम्भव प्रयास गर्नेछ।
मलाई विश्वास छ कि हातेमालो गर्दै हामी यी कठिनाइहरू पार गर्नेछौं र हाम्रा सुन्दर घरहरूको पुनर्निर्माण गर्नेछौं।
झाङ माओमिङ
नेपालका लागि चिनियाँ राजदूत


