Saturday 17 October 2026 / शनिबार, १ कार्तिक २०८३

२०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित तथा बाढीपीडित परिवारहरूको पीडामा नेपाल एयर होस्टेस एकेडेमीमा अध्ययनरत छात्रछात्राहरूले मानवीय सहयोगको हात बढाएका छन्। आफ्ना व्यक्तिगत आवश्यकता तथा खर्चका लागि छुट्याएको pocket money बाट रकम बचत गरी विद्यार्थीहरूले बाढीपीडितहरूका लागि सहयोग संकलन गरेका हुन्।

विपद्को कठिन समयमा आफूले सक्ने सानो सहयोग पनि ठूलो अर्थ राख्छ भन्ने भावनाका साथ विद्यार्थीहरूले आफ्नो बचत रकमबाट सहयोग गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका छन्। उनीहरूको यो पहलले सामाजिक उत्तरदायित्व, मानवीय संवेदना र सहयोगी भावनाको सुन्दर उदाहरण प्रस्तुत गरेको छ। 🙏❤️

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय