Wednesday 2 September 2026 / बुधबार, १७ भाद्र २०८३

पोखरा, भदौ १७ — विपद् प्रभावित नागरिकको सहयोगका लागि सिद्धार्थ क्लब पोखराले सञ्चालन गरेको राहत अभियानबाट संकलित रु. पाँच लाख २० हजार ३३६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ।

सिद्धार्थ क्लबका प्रथम उपाध्यक्ष सुनिल श्रेष्ठका अनुसार देश तथा विदेशमा रहेका सहयोगी दाताबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

राहत अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने क्लबका पूर्वअध्यक्ष, कार्यसमितिका पदाधिकारी तथा सम्पूर्ण सदस्यप्रति क्लबले धन्यवाद व्यक्त गरेको छ।

विपद्को कठिन समयमा सहयोगी दाताबाट प्राप्त सहयोगले प्रभावित परिवारमा आशा र भरोसा जगाउन महत्वपूर्ण योगदान पुगेको प्रथम उपाध्यक्ष श्रेष्ठले बताउनुभयो।

मानवताको सेवाका लागि सञ्चालन गरिएको अभियानमा देश तथा विदेशबाट सहयोग गर्ने सम्पूर्ण दाताप्रति क्लबले आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय