Sunday 6 September 2026 / आईतवार, २१ भाद्र २०८३

गृहमन्त्री सुधन गुरुङ अस्वस्थ भएपछि उपचारका लागि सैनिक अस्पताल, छाउनीमा भर्ना हुनुभएको छ। अस्पताल स्रोतका अनुसार उहाँलाई ज्वरोसँगै ढाड दुख्ने तथा शरीर र खुट्टामा डाबरजस्ता खटिरा देखिएपछि अस्पताल लगिएको हो।

भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि गृहमन्त्री गुरुङ करिब १० दिनसम्म लगातार उद्धार, राहत तथा विपद् व्यवस्थापनका काममा घटनास्थलमै खटिनुभएको थियो। निरन्तरको धपेडी र अत्यधिक कार्यबोझका कारण स्वास्थ्यमा समस्या देखिएको हुन सक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन्।
रसुवा बाढीपछि गुरुङ हेलिकोप्टर तथा स्थलगत टोलीसँगै फिल्डमै रहेर उद्धार कार्यको नेतृत्व गर्दै आउनुभएको थियो। जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरूको उद्धारदेखि प्रभावित क्षेत्रको अनुगमनसम्म उहाँ सक्रिय रूपमा सहभागी हुनुभएको थियो।

भदौ १९ गते त्रिशूली–३ ए क्षेत्रमा दुई नेपालीको सकुशल उद्धार हुँदा पनि गृहमन्त्री गुरुङ घटनास्थलमै उपस्थित रहनुभएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय