Tuesday 8 September 2026 / मंगलवार, २३ भाद्र २०८३

काठमाडौं, उपत्यकामा दैनिक करिब १ लाख ग्यास सिलिन्डरको माग भए पनि मुस्किलले ३० हजार सिलिन्डर मात्र आपूर्ति भइरहेको छ। पछिल्ला तीन दिनमा मागको एकतिहाइभन्दा कम ग्यास भित्रिएपछि उपभोक्ता लामो लाइनमा बस्न बाध्य छन्।

पृथ्वी राजमार्गको कृष्णभीरमा पहिरो गएपछि बुलेटमार्फत ग्यास ल्याउन कठिन हुँदा तराईबाट ट्रकमा सिलिन्डर ढुवानी गर्नुपरेको छ। बाटोको जाम र तराईका उद्योगको सीमित बोतलिङ क्षमताले आपूर्ति थप प्रभावित भएको आयल निगमले जनाएको छ। निगमका अनुसार भदौ १ देखि २२ गतेसम्म ४१ हजार ३४६ टन ग्यास आयात भइसकेको छ। तर ढुवानी र वितरण प्रणालीमा देखिएको समस्याका कारण आयातअनुसार ग्यास उपभोक्तासम्म पुग्न सकेको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय